Aamsanchar

दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृ*त्यु

Author Image
आइतवार, असार १६, २०८१

घोराही- दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ । खैरा–कोठरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–९ अस्पारामा गुडिरहेको रा १ ह ५०८८ नम्बरको अटोबाट खस्दा घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी ६० वर्षीय वसन्तबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको हो ।

खैराबाट कोठरी जाँदै गरेको अटोबाट खसेर घाइते हुनुभएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर