Aamsanchar

स्थानीय सरकारलाई बिर्तामोडका व्यवसायीको सुझाव

Author Image
आइतवार, असार १६, २०८१

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीहरूले बिर्तामोड नगरपालिकाले व्यवसायीहरूको हितमा काम गर्नु पर्ने आवाज उठाएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो आवाज उठाएका हुन् । उनीहरूले स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नु पर्ने र व्यवसायीहरूको हितमा कार्यक्रम ल्याउनु पर्ने माग समेत गरे ।

राज्यलाई सबैभन्दा धरै कर व्यवसायीले तिर्ने गरेको तर व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरूले दुखेसो पोखेका छन् ।
कार्यक्रममा प्रश्न गर्दै नेपाल अलैंची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषि जन्य बस्तुमा संघीय सरकारले छुट दिएपनि बिर्तामोड नगरपालिकाले कृषि जन्य बस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनु पर्ने माग राखे ।

नेपाल महिला उद्यमी सङ्घकी अध्यक्ष पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लास्टिक मुक्त बनाइनु पर्ने र महिला व्यवसायीलाई  स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने धारणा राखिन् ।
झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले व्यवसायीको संरक्षण गर्दै उनीहरूको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नु पर्ने बताए ।
त्यस्तै व्यवसायी मिक्की कार्कीले रात्रिकालीन बजार सञ्चालन गर्नुपर्ने माग राखे, अटो मेकानिकल व्यवसायी गणेश पौडेल, वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, मोहन मित्तल, ओमकृष्ण विमली, गोपाल खातीलगायतले समसामयिक विषयमा धारणा राखेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै भने –  बिर्तामोड नगरपालिकाले व्यवसायीको हित हुने गरीका कार्यक्रम ल्याउन नगरप्रमुखलाई अनुरोध गर्छु ।  संघको तर्फबाट गर्नुपर्ने  सहयोग गर्ने आफू प्रतिवद्ध रहको बताए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईँले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै व्यवसायीहरूका उचित मागलाई सम्बोधन गर्ने बताएकी थिइन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका  वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर