Aamsanchar

पहिरोले पुरिँदा पाँच वर्षीय छाेराकाे मृ*त्यु, बुवा घाइते

Author Image
सोमवार, असार १७, २०८१

सुर्खेत – भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ। उनका बुबा रमेश घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए।

प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर