Aamsanchar

मलेसियाको जेलमा रहेका नेपाली श्रमिकमाथि शोषण बढ्यो : अध्ययन

Author Image
सोमवार, असार १७, २०८१

काठमाण्डौ – मलेसियाको जेलमा रहेका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी (सेस्लाम)ले मलेसियाको ´डिपोर्टटेसन सेन्टर` अर्थात् जेलमा बसी नेपाल फर्केका सात सय ५८ जना नेपाली श्रमिकको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा जेल र डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षासमेत नपाएको उल्लेख छ । अध्ययन प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अधिकारीसँग समन्वय बढाउन मलेसियामा रहेको नेपाली दूतावासलाई सुझाव दिएको छ ।

प्रतिवेदनले कूटनीतिक नियोगका लागि श्रम स्वीकृतिको अवधि समाप्ति भएका अलेखबद्ध श्रमिकको लागि पनि कानुनी सहायता उपलब्ध गराउन आवश्यक परेको भन्दै नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि निर्देशिका लागू गर्न सुझाव दिएको छ ।

मलेसियामा जेल पर्नेमध्ये सबैभन्दा बढी ६१ प्रतिशत कम्पनी छाडेका रहेका छन् । मलेसियाको कानुनअनुसार भिसामा उल्लेख भएकै रोजगारदाता कम्पनीमा काम गर्नुुपर्ने हुन्छ । तर धेरैले राम्रो सेवा सुविधा खोज्दै कम्पनी परिवर्तन गर्ने गर्छन् । कम्पनी छाडेर भाग्दा पासपोर्ट रोजगारदाता वा कम्पनीमै छोडेपछि उनीहरु कागजविहीन हुन्छन् र कानुनी झमेलमा फस्ने गरेका छन् । रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाड्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर