Aamsanchar

प्रतिनिधिसभाको बैठक स्थगित

Author Image
सोमवार, असार १७, २०८१

काठमाडौं –सदनमा मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित गर्न सभामुख देवराज घिमिरे बाध्य भएका छन् ।

सोमबार संसद् बैठक सुरु गर्नासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले कोही मन्त्री बैठकमा उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । “प्रतिनिधिसभा सुरु भएपछि मन्त्रिपरिषद्को एकजना पनि सदस्य मन्त्रीजी अनिवार्य उपस्थितिको व्यवस्था छ । नभएको कारणले गर्दा ध्यानाकर्षण गराउँछु,” उनले भने ।

उनले ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)