Aamsanchar

सुनकाे भाउ

Author Image
सोमवार, असार १७, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँ कारोबार भएको थियो ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२