Aamsanchar

कांग्रेसका नेता जीतेन्द्रनारायण देव एमालेमा प्रवेश

Author Image
सोमवार, असार १७, २०८१

काठमाडौं – नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देव नेकपा (एमाले)मा प्रवेश गरेका छन् । संविधानसभा सदस्य, पूर्वपर्यटनमन्त्री एवं राष्ट्रियसभाका पूर्वसदस्य समेत रहेका जीतेन्द्र सोमबार एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन् । उनी संविधानसभा सदस्य एवं पूर्वकृषिमन्त्री हुन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोसपाका अरू नेता–कार्यकर्तालाई पनि ओलीले एमालेमा प्रवेश गराए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर