Aamsanchar

उपेन्द्र बने लायन्स क्लब अफ बिर्तामोड सिटीको अध्यक्ष

Author Image
सोमवार, असार १७, २०८१

बिर्तामोड –लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ ।

एक कार्यक्रमका बीच आईतबार साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा वर्ष २०२४–२५ का लागि चयन हुनुभएका अध्यक्षलाई अघिल्लो वर्षका अध्यक्षले विधिवत पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटी वर्ष २०२३–२४ का अध्यक्ष दुर्गाबहादुर थपलियाले वर्ष २०२४–२५ का अध्यक्ष उपेन्द्र बानियाँलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

२०२३–२४ का अध्यक्ष थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव लक्षुमण खड्का (प्रेम)ले गर्नुभएको थियो । लायन्सको नियम अनुसार क्लबका अध्यक्षले समितिलाई पूर्णता दिनेछन् ।

पदभार ग्रहणपछि कार्यक्रममा बोल्दै २०२४–२५ का अध्यक्ष बानियाँले बिर्तामोड लायन्स सामाजिक कार्यमा संधै सक्रिय रहने बताउनुभयो । स्थानीय सरकार र विभिन्न संघसंस्थासंग भाइचाराको सम्बन्ध बनाउनदै लायन्सले समाजमा गरिरहेको सामाजिक कार्यलाई थप सक्रियताकासाथ अगाडी बढाउने बताउनुभयो ।

२०२३–२४ का अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा भएका कामहरुको जानकारी गराउनुभएको थियो । उहाँले बिद्यार्थीहरुका लागि पोशाक तथा शैक्षीक सामाग्री बितरण, रक्तदान, दृष्टीविहिनका लागि सहयोग लगायतका विभिन्न १६ वटा कार्यक्रमहरु गरिएको बताउनुभयो ।

त्यस्तै लायन्स क्लबका डिस्ट्रिक चिफ तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष नीरजकुमार ओली, लायन्स क्लब अफ बिर्तामोड लेडीकी पूर्व अध्यक्ष दुर्गा पाठक थपलिया र युवा व्यवसायी विशन लिम्बूले बधाई ज्ञापनसहित आफुनो भनाई राख्नुभएको थियो ।

सन् २०१७–१८ मा स्थापना भएको क्लबका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर