Aamsanchar

इलाममा मध्य असारसम्ममा ३० प्रतिशत रोपाइँ

Author Image
सोमवार, असार १७, २०८१

इलाम- इलाममा यस वर्ष ३० प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा मध्य असारसम्ममा ३० प्रतिशत रोपाइँ भएको र अझै रोपाइँ गर्ने क्रम जारी रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

जिल्लाको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई, इलाम, देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकाको तल्लो भेगमा धानखेती हुने गरेको छ । जिल्लास्थित ज्ञान केन्द्रको तथ्याङ्क अनुसार १४ हजार ८१५ हेक्टर जमिनमा लगाइएको धानबाट गएको वर्ष ४९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष निरन्तर वर्षा भइरहेकाले धानखेती पनि वृद्धि हुने र उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले बताउनुभयो ।

पहाडी क्षेत्रमा रोपाइँ गर्न गोरुकै भर पर्नुपर्ने कारणले रोपाइँ सोचेजति चाँडो गर्न नसकिएको किसानहरु बताउँछन् । समथर जमिन भएका तल्लो भेगमा प्रविधिको प्रयोग हुन थालेपनि उच्च स्थानहरुमा ट्याक्टरलगायतका सामग्री प्रयोग गर्न नसक्दा किसानलाई समस्या भएको माइजोगमाईका किसान मोहन सुवेदी बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर