Aamsanchar

अदालत फैसला : रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपुर्ति

Author Image
सोमवार, असार १७, २०८१

काठमाडौँ । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।

बालयौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बमजनलाई सो सजाय तोकेका हुन् ।

बमजनविरुद्धको यस मुद्धामा जन्मकैदको सजाय माग गरिएकोमा अदालतले १० वर्ष कैदको सजाय दिएको हो । अब उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो भने खुला छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर