Aamsanchar

योगिनी एकादशी व्रत कथा

Author Image
सोमवार, असार १७, २०८१

योगिनी एकादशी व्रत
यो तीनै लोकमा प्रसिद्ध तथा समस्त पापहरूलाई नष्ट गर्ने सामर्थ्य भएको एकादशी योगिनी एकादशी हो ।

योगिनी एकादशी कहिले पर्दछ ?
योगिनी एकादशी हरेक वर्ष असार मासको कृष्णपक्षमा पर्दछ ।

यस एकादशीमा के के गरिन्छ ?
यस दिन व्रत बसेर भगवान् नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफूल , नैवेद, आदि चढाउनु हो । धूप दिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्ग लोक प्राप्त हुन्छ भन्ने मान्यता छ । दशमीको दिनबाटै जौ, गहुँ वा मुँगीको दाल लगायत कुनै तामसिक भोजन गर्न वञ्चित छ । त्यसको अलावा व्रतको दिन र एक दिन अगावैबाट नुन खान हुँदैन, नुनलाई सनातन संस्कारमा एकाग्रता र चित्त शुद्ध गर्नका लागि धेरै अवसरमा वर्जित गरिएको पाइन्छ । यसरी असार कृष्ण पक्षको दशमीको सन्ध्याबाट सुरु यस एकादशी व्रत द्वादशीको दिन प्रातकाल स्नान र दानपूण्य अनि सङ्कल्पपछि समापन हुन्छ । स्नानपश्चात् कुम्भको स्थापना गरेर विष्णु भगवानको प्रतिमा राखिन्छ ।

योगिनी एकादशी व्रत कथा
अलकापुरी राज्यमा शिवजीका परम भक्त कुवेर राजाको राज्य थियो, उनले पूजा गर्दा फुलको प्रयोग गर्ने गर्दथे र यसरी राजाको पूजाका लागि हेम माली नामक मालीले फूल ल्याउने गर्दथे । एक दिन हेम मालीले राजालाई दैनिक पूजाको पूmल ल्याउन भुलेर आफ्नो स्त्रीसँग मानसरोवरमा रमण गर्न थाल्दछन् ।राजा कुवेरले पूजाका लागि विलम्ब भएपछि यक्षहरूलाई हेम मालीको खबर ल्याउन पठाए । समयमा फुल नल्याएर आफ्नो प्रिय भगवान् शिवको अर्चनामा ढिलाइ गराएकाले राजा कुवेरले रिसाएर हेम मालीलाई स्त्रीको वियोग अनि मृत्यु लोकमा गएर कोडि हुनुपर्ने अर्थात् रोगी हुनुपर्ने श्राप दिन्छन् । कुवेरको श्रापले हेम माली त्यसै बेला मृत्यु लोकमा रोगी भएर आइपुग्छन् । शिवको भक्तिले गर्दा हेम मालीले आफ्नो विवेक भने गुमाएका थिएनन्, उनी मृत्यु लोकमा आएर हिमालय पर्वततर्फm सुस्तरी जान्छन् र एक जना प्रभावशाली ऋषिलाई भक्तिपूर्वक आफ्नो व्यथा सुनाउँछन् । उनै ऋषिले हेम मालीलाई योगिनी एकादशीको व्रतका बारेमा बताउँछन् र हेम माली यसै एकादशी व्रतको प्रभावले पुनः पुरानै जीवनमा फर्कन्छन् । यस व्रत कथाको श्रवणको मात्र ८८ ब्राह्मणलाई सहस्र भोजन गराए बराबर फल दिनेछ भनी एकादशी महात्मैमा लेखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर