Aamsanchar

भारतमा फेरि जीका भाइरसको संक्रमण फेला

Author Image
मङ्गलवार, असार १८, २०८१

भारतमा फेरि जीका भाइरसको संक्रमण भेटिएको छ । पुणेमा जीका भाइरसको संक्रमण भेटिएको स्वास्थ्यका अधिकारीले बताएका छन् । अहिलेसम्म त्यहाँ दुई जना गर्भवतीसहित छ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्य सेवा विभागले संक्रमणको अवस्थाबारे बालबालिकामा निगरानी गरिरहेको जनाएको छ । संक्रमणका घटना पहिचान भएपछि स्वास्थ्य अधिकारीले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।

भारतमा यसअघि केरला, गुजरात लगायतका राज्यमा जीका भाइरस संक्रमणका घटना देखिएका थिए । लामखुट्टेका कारण सर्ने जीका भाइरसले बालबालिकाको मस्तिष्कको कोष सुकाउँदै लैजाने अध्ययनले देखाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर