Aamsanchar

माेरङमा ट्रिपरको ठक्करबाट आमाको घटनास्थलमै मृ*त्यु, छोरा घाइते

Author Image
मङ्गलवार, असार १८, २०८१

उर्लाबारी- मोरङको उर्लाबारी –६ की सीता बोहोराको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ ।

सोमबार साँझ पौने ७ बजे तिर उर्लाबारी –मधुमल्ला सडकमा प्रदेश ३–००१ क १०९० नम्बरको ट्रिपरले ठक्कर दिँदा प्रदेश १ –०१०१४प ६८३३ नम्बरको स्कुटरमा सबार बोहोराको घटनास्थल मै मृत्यु भएको हो । स्कुटरमा सवारमा सीतासँगै रहेका उनका छोरा ८ वर्षीय प्रशान्त गम्भीर घाइते भएका छन् । उनको स्थानीय मदन भण्डारी ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटना गराउने ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर