Aamsanchar

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र

Author Image
मङ्गलवार, असार १८, २०८१

काठमाण्डौ – पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को हिजोको बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धाबाट जोशी छनौट हुनुभएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले हिजै सपथ लिनुभएको छ ।

पछिल्लो समय पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यस पटक मन्त्री तामाङको निर्देशनमा खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो । कोषको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गएको जेठ २३ गते आवेदन माग गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर