Aamsanchar

एक किलो ४ सय ग्राम चाँदीसहित अटाे चालक प*क्राउ

Author Image
मङ्गलवार, असार १८, २०८१

गौर-भारतबाट अवैध रूपले नेपाल भित्राइरहेको अवस्थामा अटो चालक एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नपा १ बाट प्रहरीले एक किलो ४ सय ग्राम चाँदी रौतहटको माधवनारायण नपा १ दिपही बस्ने ४२ वर्षीय दिनेश प्रसाद साहलाई पक्राउ गरेको हो ।

साहले सेतो कपडाको बेल्ट बनाई कमरमा बाँधी सो भित्र लुकाइ छिपाई राखेको अवस्थामा चाँदीको सिक्री ९ थान ,पेच रिङ २थान र पाइजु ७ जोडा गरी एक किलो ४ सय ग्राम चाँदी सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर