Aamsanchar

दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी

Author Image
मङ्गलवार, असार १८, २०८१

काठमाडौं । अभिनेता दीपकराज गिरिले सत्ता समीकरण परिवर्तन भएपछि रास्वपा लक्षित व्यङ्ग्य गरेका छन् ।

मंगलबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेता गिरीले अब ठूला माछा समाउदै थियौ, रातारात देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नु पर्ने बताएका हुन् ।

उनले भनेका छन्– ’नतिजा आउदै थियो ! ठूला माछा समाउदै थियौ ! त्यो थाहा पाएर रातारात देशी बिदेशी शक्तिको ग्राइन्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नु पर्ने कुरा !’

रास्वपा सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपाका समर्थक रहेका कैयौं कलाकार र स्वतन्त्र व्यक्तिहरुले अहिले आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर