Aamsanchar

आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्दै

Author Image
मङ्गलवार, असार १८, २०८१

काठमाण्डौ – युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र नेदरल्यान्डस्बीच खेल हुँदैछ ।

यस्तै राति पौने १ बजे अस्ट्रिया र टर्कीबीच खेल हुनेछ । आज बिहान भएको खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएर पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस्तै गएराति भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलबाट विजयी भएको फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । आजका खेलसँगै युरो कप २०२४ को अन्तिम १६ का खेल सकिने छन् । क्वाटरफाइनलका खेल जुलाई ६ देखि शुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा पोर्चुगल र फ्रान्स खेल्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर