Aamsanchar

५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सांसद कमला पन्तकाे माग

Author Image
मङ्गलवार, असार १८, २०८१

काठमाडौं – राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ । हामी इजजतदार नागरिक हुनुपर्छ ।’उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् । उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् ।‘नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ । अर्थमन्त्रीज्यू, सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस् ।’ उनले भनिन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर