Aamsanchar

बिर्तामोडमा प्रथम ‘मिस्टर कोशी’ शारिरिक सुगठन प्रतियोगिता हुने

Author Image
मङ्गलवार, असार १८, २०८१

बिर्तामोड । शारिरिक सुगठन खेलाडीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्र्पोटन गराउने उदेश्यले कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको खेलकूद विकास बोर्डले प्रदेश स्तरीय प्रथम ‘मिस्टर कोशी’ शारिरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही असार २२ गते झापाको बिर्तामोडमा प्रतियोगिता आयोजना हुने आज (मंगलबार) बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।
जिल्ला खेलकूद विकास समितिको संयोजन तथा झापा जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको फिटनेस संघका उपाध्यक्ष राजु दाहालले जानकारी दिए ।

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिव २०० जना खेलाडीहरुको सहभागीता रहने जिल्ला खेलकूद विकास समिति झापाका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त) ले बताए । प्रशान्तका अनुसार सामाजिक विकास मन्त्रालय अन्तरगतको खेलकूद विकास बोर्डको नियमित कार्यक्रम अन्तरगत प्रतियोगिता हुन लागेको हो । प्रतियोगीले सम्बन्धीत जिल्लाबाट मात्र सहभागीता जनाउन पाइने उनले बताए ।

प्रतियोगतामा ५५, ६०, ६५, ७० र ७० वढी तौल समुहमा प्रतिस्पर्धा हुने झापा जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघका सचिव विष्णु खरेलले जानकरी दिए । सवै तौल समुहबाट पहिलो हुनेले प्रतियोगिताको ओभरअलमा सहभागीता जनाउनेछन् भने प्रत्येक तौल समुहबाट दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमश ७ हजार र ५ हजार नगर पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगिताको ओभरअलबाट पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीले नगर पुरस्कार क्रमश १ लाख ५० हजार, एक लाख, ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगिताका लागि अनुमानित २० लाख रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगितामा ट्रफी र मेडल ग्यालेक्सी फिटनेस बिर्तामोडले सौजन्य गर्ने जानकारी दिइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा झापा जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघका सल्लाहकार तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर, शारिरिक सुगठनका अन्तर्राष्ट्रिय खेलाडी राम दाहाल, राष्ट्रिय खेलाडी तुल श्रेष्ठ, संघकी कोषाध्यक्ष निसा पोमु, सदस्यहरु खेमराज श्रेष्ठ, आशिष गुरुङ्ग, डम्बरकुुमारी कट्टेललगायतको उपस्थिति रहेको थियो ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर