Aamsanchar

लागुऔषध सहित छ जना पक्राउ

Author Image
मङ्गलवार, असार १८, २०८१

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-९ की २३ बर्षिया कन्चना राई र १८ बर्षिय समन भुजेललाई ट्रमाडोल ३४० पिस सहित र अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २१ बर्षिय राजु साहलाई स्पास्मो ३५०० ट्याब्लेट, ओपोट्याब १७०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी पथरी शनिश्चरे-१ मोरङका १८ बर्षिय नवराज मगरलाई ट्रमाडोल ३३ चक्की र स्पासमिड १२ चक्की सहित इलाका प्रहरी कार्यालय पथरीले र बिर्तामोड-७ का ३३ बर्षिय सुरज लामा र बिर्तामोड-५ का २२ बर्षिय बिजय मगरलाई ४ ग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर