Aamsanchar

पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने कांग्रेसकाे निर्णय

Author Image
बुधवार, असार १९, २०८१

काठमाडौं – नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो।

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए।

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए। कांग्रेसले मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह पनि गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)