Aamsanchar

सोह्रखुट्टे–बालाजु सडक भासियाे, झन्डै ११ फिट गहिरो खाल्डो

Author Image
बुधवार, असार १९, २०८१

काठमाण्डौ – सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । आज बिहान काठमाण्डौ महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झन्डै ११ फिट गहिरो खाल्डो परेको हो ।

खाल्डोमा एउटा मोटरसाइकलमेत खसेको थियो । मोटरसाइकललाई क्रेनबाट निकालेको र मोटरसाइकल चालक पनि सकुशल रहेका प्रहरीले जनाएको छ ।

सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर