Aamsanchar

दाङमा बबई नदीले बगाउँदा १९ वर्षीया किशोरी बेपत्ता

Author Image
बुधवार, असार १९, २०८१

दाङ – नदीमा बगेर दाङमा एक किशोरी बेपत्ता भएकी छन्। दाङको बबई नदीले बगाउँदा किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ वर्षीया संझना चौधरी बेपत्ता भएकी हुन्।

बिहान ४ बजेतिर उनलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनको खोजी कार्य जारी राखिएको छ।

दाङमा लगातार भइरहेको वर्षाले गर्दा नदी तथा खोलाहरूमा पानीको वहाब बढेको छ। सतर्क हुन प्रशासनले अनुरोध गर्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर