Aamsanchar

झापाका विभिन्न क्षेत्रमा चोरी गर्ने छ जना प्रहरीको फन्दामा

Author Image
बुधवार, असार १९, २०८१

झापा: झापाको विभिन्न क्षेत्रमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका ११ बस्ने दुर्गा देवी श्रेष्ठको घर र सोही ठाउँको उमा श्रेष्ठको घरमा मङ्गलवार चोरी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बिर्तामोड नगरपालिका ५ नयाँ नमुना टोल बस्ने गङ्गा काफ्ले पौडेलको घरमा जेठ २१ गते चोरी गर्ने गिरोहसमेत उनीहरू भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका ३ बस्ने वर्ष २२ को सुस्मन थापा, सोही ठाउँका वर्ष २७ को कृष्ण थापा, वर्ष ४३ को अर्जुन विश्वकर्मा, नितेश बराइली, मेचीनगर नगरपालिका १० बस्ने वर्ष ४० को सुरेशकुमार दास र झापा अर्जुनधारा नगरपालिका वर्ष ५१ को सुनिल राजवंशी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाही सुरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)