Aamsanchar

लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

Author Image
बुधवार, असार १९, २०८१

काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बबरमहलमा रहेको पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो । गठबन्धनमा समर्थन गर्ने निर्णय गरे पनि सरकारमा जानेरनजानेबारे अहिले कुनै निर्णय नगरेको उहाँले बताउनुभयो ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिमा दुई दलले आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । यससँगै संविधान संशोधनलगायत विषयमा पनि दुई दलबीच सहमति बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)