Aamsanchar

पान्ड्या टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा

Author Image
बुधवार, असार १९, २०८१

काठमाण्डौ – भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा आइपुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक २ स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । भर्खरै सकिएको टी–२० विश्वकप क्रिकेटमा भारतले उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभरि १ सय ४४ रन बनाउँदै ११ विकेट लिएका थिए ।

हार्दिक श्रीलङ्काका वानिन्दु हसरङ्गालाई पछि पार्दै विश्वको नम्बर एक टी–२० अलराउन्डर बनेका हुन् । उनी टी–२० वरीयतामा नम्बर एक अलराउन्डर बन्ने पहिलो भारतीय खेलाडी हुन् । हसरङ्गा दोस्रो स्थानमा रहँदा अस्ट्रेलियाका मार्कस स्टोइनिस १ स्थान सुधार गर्दै तेस्रो स्थानमा छन् ।

टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् ।

यसैगरी टी–२० बलिङ वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा यथावत् रहँदा दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे ७ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेको छ । यस्तै श्रीलङ्काका वानिन्दु हसरङ्गा तेस्रो स्थानमा यथावत् छन् ।

वरीयतामा नेपाली खेलाडीको स्थान भने खासै तलमाथि भएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर