Aamsanchar

घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर जेल चलान

Author Image
बुधवार, असार १९, २०८१

काठमाडौं – प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । शिवाकोटी २४ जेठमा पक्राउ परेका थिए ।

उनी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर