Aamsanchar

सहकारीकाे रकम हिनामिना गर्ने अध्यक्ष केबी प*क्राउ

Author Image
बिहिवार, असार २०, २०८१

काठमाडौं – राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। आइडियल यमुना हाम्रो सहकारीका समेत अध्यक्ष रहेका उनी आठ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा बुधबार काठमाडौंको बालाजुबाट पक्राउ परेका हुन्।

उप्रेतीविरुद्ध यमुनाको ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको थियो।

उप्रेती स्थापनाकालदेखि नै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पदमा छन्। त्यसअघि उनी लामो समय सहकारी बैंकको प्रबन्धक थिए। उनीयसअघि दुई कार्यकाल राष्ट्रिय सहकारी महासंघमा पनि लेखा समिति संयोजक थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर