Aamsanchar

बिर्तामोड रोटरी क्लब अध्यक्षमा अग्रवाल र रोट्रयाक्टमा विमली

Author Image
शुक्रवार, असार २१, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको रोटरी क्लब अफ बिर्तामोडको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको सफथ लिएको छ।
हिजो (विहिबार) क्लबको १५ औं पद हस्तान्तरण समारोहमा वर्ष २०२४/०२५ का अध्यक्ष सुरेशकुमार अग्रवाल (भद्रपुरे) लाई  कार्यक्रमका प्रमुख अतिथि डिजी राजेन्द्रमान शेरचनले सफल ग्रहण गराएका थिए । सफथ ग्रहण पश्चात  अध्यक्ष अग्रवालले आफ्नो कार्यसमिति पदाधिकारीहरूलाई सफथ  खुवाएका थिए । वर्ष २०२३/०२४ मा बविता गिरी अध्यक्ष रहेकी थिइन ।

नयाँ कार्यसमितिमा आईपीपी बविता गिरी, प्रेसिडेन्ट इलेक्ट प्रकाश शिवाकोटी, प्रेसिडेन्ट नोमिनी दीपक गिरी, भ्वाइस प्रेसिडेन्ट पार्वता खरेल बिमली, सेक्रटरी डाक्टर सन्ध्या राठी, जोइन्ट सेक्रटरी आशा आचार्य, ट्रेजरर आमोद आचार्य एडमिनिस्ट्रेसन डाइरेक्टर मीनप्रकाश मैनाली त्यसैगरी मेम्बरसिप डाइरेक्टर निर्मल भट्टराई, सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशल, पब्लिक इमेज डाइरेक्टर केदार गिरी, टिआरएफ डाइरेक्टर निकिता गिरी, युथ सर्भिस डाइरेक्टर सञ्जीव घिमिरे, साजेन्ट–एट–आम्र्स शैलेन्द्र कुरुवाङ, क्लब मेन्टर नवीन गट्टानी, क्लब ट्रेनर चार्टड प्रेसिडेन्ट कुमार गिरी र क्लब एडभाइजर ओमकृष्ण विमली र बिनोद बस्नेतले सफथ ग्रहण गरेका छन् ।

साथै रोट्रयाक्ट क्लब अफ बिर्तामोडको पनि एकै मञ्चमा पद हस्तान्तरण गरिएको थियो । वर्ष २०२३/०२४ का अध्यक्ष बाप्पा साहले  वर्ष २०२४/०२५ का अध्यक्ष प्रज्ज्वल विमलीलाई अध्यक्ष पद हस्तान्तरण गरेका छन् । पदभार ग्रहण गरेपछि अध्यक्ष विमलीले आफ्नो नेतृत्वको २४ सदस्यीय समितिका पदाधिकारी, सदस्य र संयोजकहरुलाई सफथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डिजी राजेन्द्रमान श्रेष्ठ, विशेष अतिथि बासुदेव गोल्यान, सञ्जय गिरी, सन्तोष रिजाल, जितेन्द्र राजभण्डारी, एजी  सुजन प्रधान र पानस अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रममा स्वागत मन्तव्य प्रकाश शिवाकोटी, धन्यवाद मन्तव्य पार्वता खरेल बिमली र कार्यक्रम सञ्चालन डाक्टर सन्ध्या राठी र भूमिका लिम्बुले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)