Aamsanchar

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्राको शुभारम्भ

Author Image
आइतवार, असार २३, २०८१

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्राको शुभारम्भ गर्नुभएको छ । आज काठमाण्डौको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथयात्राको शुभारम्भ गर्नुभएको हो ।

जगन्नाथ रथयात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिदेखि शुरु हुने गर्दछ । त्यस अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गर्नुभएको थियो ।

जगन्नाथलाई भगवान् विष्णुको रूपमा लिने गरिन्छ । धार्मिक मान्यताअनुसार एकपटक बहिनी सुभद्राले आफ्ना भाइ कृष्ण र बलरामलाई शहर हेर्ने इच्छा व्यक्त गर्नुभयो । त्यसपछि दुवै दाजुभाइले बहिनी सुभद्राका लागि तयार पारेको भव्य रथ ल्याई त्यसमा सवार तीनै जना शहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा पनि गए र त्यहाँ सात दिन बसे । शहरको भ्रमण सकेर तीनै जना पुरी फर्किए ।

त्यस बेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर शहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर जान्छन् । यीमध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बीचमा र जगन्नाथको रथ पछाडि रहने गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर