Aamsanchar

आज सुनको मूल्य

Author Image
सोमवार, असार २४, २०८१


काठमाडौं – आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ। महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ। आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर