Aamsanchar

मानसिक बिरामीको उपचारमा पुरुष नर्सहरू क्रियाशील

Author Image
सोमवार, असार २४, २०८१

मोरङको बुढीगङ्गा २ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन । ती बिरामीहरूलाई सेवा गर्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरू छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपूर्वक शान्त नम्रबोलीले भर्ना भएका बिरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन् । उनीहरु दैनिक साँझ बिरामी मात्र नभएर आकस्मिक रुपमा अबेर राती पनि बिरामीको नियमित जाच गर्ने, समयमा औषधी खुवाउने , रगत तान्ने , हिस्ट्री लिने , रेकर्ड राख्नदेखि , ईसिजी गर्ने र शौच गरेको नगरेको विभिन्न जाँचहरू पठाउने र रिर्पोट अभिलेखीकरण गरेर राख्नदेखि डाक्टरहरूलाई बिरामीको अवस्था ब्रिफिङ गर्नेदेखि बिरामीउनीहरूका कुरुवालाई काउन्सिलिङ गर्ने काम उनीहरु जिम्मेवारी पूर्वक गर्नेगर्दछन् ।यति मात्र नभएर कति सिकिस्त बिरामीहरूलाई दिसापिसाब गराउन शौचालय लाने देखी लुगा फेरिदिने मात्र नभएर औषधी नखाने बिरामीहरू कसैलाई फकाएर त कसैलाई चुर्ण बनाएर औषधी खुवाउने काम पनि गर्ने गर्छन। बिरामीको प्रभावकारी सेवा गरेकै कारण विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरू छैनन् त्यहाँ सबै काम स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुष नर्सहरूले नै सेवा दिइरहेका छन ।

उसैपनि नर्स भएर बिरामीको सेवा गर्नु सजिलो काम हैन । त्यसकालाई शिक्षाको डिग्री र मात्र भएर पुग्दैन । नर्स हुनका लागि मृदुभाषी , लगनशील र जिम्मेवार पनि हुनुपर्छ । अझ मानसिक बिरामीहरूको सेवा गर्ने काम कष्टकर र जोखिमपूर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका बिरामीहरू कोही मानसिक रूपले विक्षिप्‍त भएका हुन्छन भने कोही चिच्याउने कराउने , होहल्ला गर्ने कुटपिट गर्ने खालका पनि हुन्छन । प्रायले आफूलाई बिरामी मान्दैनन् र औषधी र खाना पनि पनि खान चाहदैनन् झगडा गर्छन । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन्

बिरामी जाँचेर औषधी लेख्ने दक्षता हासिल गरेपनि आफूहरू थप अनुभव हासिल गरेर दक्ष स्वास्थ्यकर्मी बन्नका लागि जोखिम मोलेर भएपनि नर्स भएर बिरामीको उपचार गर्न लागिपरेको विराट अस्पतालमा मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव बताउँछ । निरज जस्तै तीन वर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम लिएका विजय राजवंशी , मनोज मेहता , प्रशान्त ठाकुर नितेशकुमार मेहता र सिकन्दर यादवहरू पुरुष नर्स बनेर मानसिक रोगीहरूको निरन्तर सेवा गरिरहेका छन । ‘हामीहरू पुरुष मात्र नभएर अशक्त महिला बालबालिका र जेष्ठनागरिक सबै अशक्त बिरामीहरूलाई कुनै भेदभाव नगरी कडा र जटिल खाले सबै बिरामीहरूको झर्को नमानी सेवासुश्रृषा गर्छौ ’, मानसिक विभागमा दुई बर्षदेखी नर्स भएर बिरामीको सेवा गर्दैै आएका नर्स मनोज मेहता र उनका साथीहरु बताउँछन । सन्तुष्ट हुनेगरि सेवा गरेकै कारण आजसम्म कोही पनि बिरामी र कुरुवाहरुले असन्तुष्टि नजाएको बरु सबैले प्रशंसानै गरेको पुरुष नर्सहरू बताउँछन ।

कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कति बिरामीहरू होसवास नभएका पनि हुन्छन भने कति चाँही कुटपिट गर्ने र आफुमाथि हिँस्रक व्यवहार गर्नेहरु पनि हुन्छन । कतिपयले मौका खोजेर आफूलाई घात गर्नेदेखि आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्दछन् । यसैले सेवामा खटिएका नर्सहरूले चौबिसै घण्टा सर्तक हुनुपर्दछ । आफुहरुको सजगता र धैयर्ताकै कारण आजसम्म कुनै अप्रिय घटना हुनपाएको र बरु उपचारमा आएका बिरामीहरू पनि निको भएर अस्पतालबाट डिस्र्चाज भएको नर्स सिकेन्द्र यादव बताउँछन ।

मानसिक विभागमा भर्ना भएका बिरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरुले पनि महिला नर्सहरूले भन्दा प्रभावकारी सेवा दिइरहेकोले उपचार सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरेहको मानसिक विभागका रेसिडेन्सियल ईन्र्चाज चिकित्सक डाक्टर शिर्षकदिप श्रेष्ठ वताउँछन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)