Aamsanchar

रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थाले

Author Image
सोमवार, असार २४, २०८१

काठमाडौं – रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर छाडेका छन् । उनले आजबाट विधिवत रूपमा क्वाटर छाडेको जानकारी दिए ।

उनले आफू शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताए । “आजबाट विधिवत् रुपमा मैले क्वाटर छाडेँ । शुक्रबारबाट मन्त्रालय गएको छैन । गाडी र सुरक्षा संयन्त्र पनि मन्त्रालयको काम परेमात्र प्रयोग गर्छु,” उनले भने । मन्त्रालय नजाँदा कसरी काम भइरहेको छ भन्ने प्रश्नमा उनले संयन्त्रले काम गरिरहेको जानकारी दिए । “सरकार अल्पमतमा । दीर्घकालीन असर गर्ने निर्णय गर्न पाइँदैन । दिनहुँ काम कर्मचारी संयन्त्रबाट हुन्छ,” उनले थपे, “अनिवार्य पर्‍यो भने जान्छु । नभए संयन्त्रबाट काम हुन्छ ।”

रास्वपाका सबै मन्त्रीले छाडेको हो ? भन्ने प्रश्नमा उनले आफ्नो जानकारीमा सबैले क्वाटर छाडेको जानकारी आएको बताए । “विधिवत् छाड्नुभयो कि भएन मलाई थाहा भएन । तर, सबैले छाडेको भन्ने सुनेको छु । तर, मैले चाहिँ विधिवत रूपमा प्रकृया पुरा गरेर छाडेँ,” उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर