Aamsanchar

सुरुङ्गामा रोटरी अभियान सञ्चालन गर्न उप्रेती र जमरकट्टेललाई क्लबको नेतृत्य प्रदान 

Author Image
सोमवार, असार २४, २०८१

बिर्तामोड । रोटरी क्लब अफ सुरुङ्गा र रोट्रर्याक्ट क्लब अफ सुरुङ्गाको पदस्थापन समारोह संयुक्त रुपमा सम्पन्न भएको छ ।
गएको शनिबार सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लब अफ सुरुङ्गाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
वर्ष २०२३-०२४ का अध्यक्ष शिवकुमार कडेलको गलाको चेन (कलर) वर्ष २०२४-०२५ का अध्यक्ष लुवराज उप्रेतीको गलामा लगाइदिएर पदस्थापन गरिएको थियो ।

निवर्तमान अध्यक्ष शिवकुमार कडेल ।

रोटरी इनटरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४–०२५ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेल, क्लबका संस्थापक अध्यक्ष एल।पी।उप्रेती, पूर्व अध्यक्षहरू टिकाप्रसाद कट्टेल, शुसिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ सहितको उपस्थितमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्व डिस्ट्रीक गभर्नर रोटरीयन सन्तोष रिजालले अध्यक्ष उप्रेतीको गलामा कलर लगाइदिएका हुन् । त्यस्तै विशिष्ट अतिथिका रुपमा रहेका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतबाट रोटरीको ग्याबल हस्तान्तरण गरिएको थियो भने रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले अध्यक्ष लुवराज उप्रेतीलाई चार्टर सर्टिफिकेट प्रदान गरेका थिए ।

रोटरी क्लबका अध्यक्ष लुवराज उप्रेती ।

त्यस्तै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष सारिका गिरीको गलामा भएको चेन (कलर) वर्ष २०२४–०२५ का अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा लगाएसँगै नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका जोनल रोट्रयाक्टर पानस अधिकारीले अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा चेन (कलर) लगाइदिएका हुन् भने वर्ष २०२३–०२४ की अध्यक्ष सारिका गिरीबाट ग्याबल हस्तान्तरण गरिएको हो । अध्यक्ष कट्टेललाई रोट्रयाक्ट क्लब अफ सुरुङ्गाका संस्थापक अध्यक्ष डा. मनिष उप्रेतीले चार्टर सर्टिफिकेट प्रदान गरे ।

कार्यक्रममा रोटरी अध्यक्ष उप्रेतीलाई एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतले सपथ खुवाएका थिए भने रोट्र्याक्ट अध्यक्ष कट्टेललाई जोनल रोट्रयाक्टर पानस अधिकारीले सपथ खुवाएका थिए । सपथ ग्रहणसँगै दुवैजना अध्यक्षले आ–आफ्नो बोर्डलाई पूर्णता दिएका थिए । जसअनुसार रोटरी वर्ष २०२४–०२५ का लागि निवर्तमान अध्यक्षका रुपमा शिवकुमार कडेल, प्रेसिडेन्ट इलेक्टमा डिल्लीराम मैनाली, प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोरा रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्ष अखिलकुमार कोइराला, द्वितीय उपाध्यक्ष सरला दहाल पोखरेल र तृतीय उपाध्यक्षमा शिवकुमार गिरी रहेका छन् । क्लवको सचिवमा सोमनाथ उप्रेती, कोषाध्यक्षमा यदुका उप्रेती (उषा), सर्जन एट आर्मसमा मेनुका उप्रेती शिवाकोटी रहेका छन् ।

त्यस्तै क्लवको सर्भिस प्रोजेक्ट चेयरमा रामप्रसाद निरौला, पब्लिक इमेज चेयरमा कमलप्रसाद कट्टेल, मेम्बरसिप चेयरमा मिनाल तिम्सिना, एडमिनिस्ट्रेटिभ चेयरमा रेनुका मैनाली, युथ सर्भिस चेयरमा बमबहादुर कुँवर (दिपक), रोटरी फाउण्डेसन चेयरमा खेमप्रसाद प्रसाईँ, इनभारोमेन्ट (वातावरण) चेयरमा ख्यामप्रसाद ओली र क्लब मेन्टरको जिम्मेवारीमा एल।पी। उप्रेती रहेको बताइएको छ । क्लबको बोर्ड कमिटीका सम्पूर्ण पदाधिकारीहरूलाई अध्यक्ष उप्रेतीले सपथ खुवाएका थिए ।

त्यस्तै रोट्र्याक्ट वर्ष २०२४–०२५ को अध्यक्षमा कट्टेलसँगै निवर्तमान अध्यक्षमा सारिका गिरी र क्लवको मेन्टरमा डा।मनिष उप्रेती रहेका छन् । सचिवमा कोमल न्यौपाने, प्रेसिडेन्ट इलेक्टमा दिवाकर तिवारी, प्रथम उपाध्यक्षमा डा. मुकेश शाह, द्वितीय उपाध्यक्षमा शारदाकुमारी कारक र कोषाध्यक्षमा प्रतीक्षा ढुङ्गेल रहेका छन् ।
त्यस्तै जोइन्ट सेक्रेटरीमा कृष्टि खतिवडा, जोइन्ट ट्रेजरर शितल पोखरेल, क्लव एडमिन चेयरमा कृतिका पाण्डे, प्रोफेशनल डेब्लोप्मेन्ट चेयरमा रिशवसिंह चाहार रहेका छन् । त्यस्तै कम्युनिटी सर्भिस चेयरमा हेमा बास्कोटा, इन्टरनेशनले डेब्लोप्मेन्ट चेयरमा दिक्षा राई, द रोटरी फाउण्डेसन चेयरमा सबिन खरेल, विशेष एरिया प्रोजेक्ट चेयरमा कृष्ण पुरी, मेम्बरसिप डेब्लोप्मेन्ट चेयरमा किरण गिरी, पब्लिक इमेज चेयरमा सोहन उप्रेती, रोट्रयाक्टर युथ लिडरमा दिपेन ओली, लर्निङ फेसिलिटरको जिम्मेवारीमा रोशन शाह, क्लवको आइटी अफिसरमा जेनिश चम्लागाईँ र सर्जन एट आर्मसमा गंगा दहाल रहेको क्लबका सचिव कोमल न्यौपानेले जानकारी दिए । क्लबको बोर्ड कमिटीका सम्पूर्ण पदाधिकारीहरूलाई अध्यक्ष कट्टेलले सपथ खुवाएका थिए ।

रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२४–०२५ का अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षता एवं पूर्व डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको पदस्थापन विशेष कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रबाट क्लवलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा रिजन ७ वर्ष २०२३–०२४ का एसिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाईँ, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा समेत आफ्नो पहिचान बनाइसकेका चित्रकार एवं मुर्तिकार पवन राजवंशी र हिम्मत नेम्माङ रहेका छन् । रोटरी क्लब अफ सुरुङ्गाको हरेक गतिविधि सहित क्लवले आयोजना गरेको कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सफलताका लागि खेलेको भूमिकाको उच्च मुल्याङकन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं विशिष्ट अतिथीहरुबाट सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गा वर्ष २०२३–०२४ का अध्यक्ष शिवकुमार कडेलले आफ्नो कार्यकालको अन्तिम मन्तव्य राख्दै क्लबका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू सहित बोर्डका पदाधिकारीहरुको साथ र सहयोगमा आफ्नो नेतृत्वको कार्यकाल आफैंमा सुखद एवं ऐतिहासिक भएको बताए । समाज रुपान्तरणका लागि मात्र नभई सभ्य समाज निर्माणका लागि रोटरी क्लबको भूमिका अग्र पंतिमा रहेको भन्दै निवर्तमान अध्यक्ष कडेलले स्वदेश तथा विदेशमा समेत रहेर क्लवलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार प्रकट गरे । त्यस्तै रोट्रयाक्ट क्लव वर्ष २०२३–०२४ की अध्यक्ष सारिका गिरीले समेत आफ्नो कार्यकालमा भएका सम्पूर्ण गतिविधि सहितको अन्तिम मन्तव्य राख्दै सहयोगी मनहरु सबै–सबैप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।

रोट्रयाक्ट क्लबका अध्यक्ष प्रतापबाबु जमरकट्टेल ।

त्यस्तै रोटरी वर्ष २०२४–०२५ लाई थप उचाईमा पुर्याउँन नयाँ योजना सहित नेतृत्वमा आएका अध्यक्ष लुवराज उप्रेती साथै रोट्रयाक्ट अध्यक्ष प्रतापबाबु जमरकट्टेलले समेत आ–आफ्नो वार्षिक योजना सहितको स्विकारोक्ति मन्तव्य राखेका थिए । क्लब स्थापनाको छोटो समयमा समाज रुपान्तरणका लागि अग्रणी भूमिका खेल्दै एउटा अब्बल संस्थाको रुपमा स्थापित सामाजिक संस्थामा रहेर अन्य सहयोगी मनहरुसँग हातेमालो गर्दै आफूलाई रोटरियन हुँ भन्न पाउँदा गर्वको महशुस हुने गरेको रोटरी अध्यक्ष उप्रेतीले बताए ।
रोटरीको एउटा पिलरको रुपमा रहेको फेलोसिपलाई वर्ष २०२४–२५ मा विशेष प्राथमिकतामा राखिने बताउँदै अध्यक्ष उप्रेतीले जसका कारण सदस्यहरु बिचमा आत्मियता र सद्भाव बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै रोटरीको अर्को पिलरको रुपमा रहेको ‘द रोटरी फाउण्डेशन’ मा यो वर्ष उल्लेखनीय योगदान गर्ने समेत अध्यक्ष उप्रेतीले प्रतिवद्धता जनाए ।

रोटरी इन्टरनेशनलको मूलमन्त्र ‘सर्भिस एबोभ सेल्फ’ लाई आत्मसाथ गर्दै हरेक जिम्मेवारीलाई पुरा गर्दै अघि बढ्ने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
कार्यक्रममा झापामा रहेका सबै रोटरी र रोट्रयाक्ट क्लबका पदाधिकारीहरु सहित स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित माथिल्लो निकायका रोटरियनहरुको समेत उल्लेख्य उपस्थिती रहेको जनाइएको छ । क्लबका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रममा एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेत, जोनल रोट्रयाक्टर पानस अधिकारी लगायतले रोटरी एवं रोट्रयाक्ट क्लब अफ सुरुङ्गाले गरेको कार्यप्रति प्रशंसा गर्दै रोटरीको नयाँ बोर्ड कमिटीको कार्यकाल सफलताको कामना गरे ।

रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका सचिवद्वय सोमनाथ उप्रेती र कमल न्यापानेले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोराले धन्यवाद ज्ञापन गरेका थिए भने रोट्रयाक्टर रिशवसिंह चाहारले टोस प्रस्ताव प्रस्तुत गरे ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)