Aamsanchar

इलामकी सुजाताले जितिन् ‘द मिसेस नेसनल–२०२४’को उपाधि

Author Image
मङ्गलवार, असार २५, २०८१

काठमाडौं –  ‘द मिसेस नेसनल–२०२४’को उपाधि इलामकी सुजाता सुब्बाले जितेकी छन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर समेत रहेकी सुब्बाले वेष्ट फिगरको उपाधि पनि हात पारेकी छन् ।

‘महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फर्स्ट रनरअप भइन् । मञ्जिल रञ्जितकार सेकेन्ड रनरअप भइन् ।
१६ विवाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगिता क्रिजोना मिडिया ग्रुपले आयोजना गरेको हो ।

प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर