Aamsanchar

काग्रेस नेता श्रेष्ठलाई पितृशोक

Author Image
मङ्गलवार, असार २५, २०८१

अर्जुनधारा । नेपाली कांग्रेसका नेता क्षेत्र नम्बर २ का प्रदेश (ख) का सभापति, बिर्तामोडका एक अग्रणी व्यवसायी किरण श्रेष्ठलाई पितृशोक परेको छ ।

झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्दै आउनुभएका उहाँका पिता रुद्रमान श्रेष्ठको आज आफ्नै निवासमा मृत्यु भएको हो । श्रेष्ठको पार्थिव शरीरलाई आज ३ बजे कनकाईमाई घाटमा अन्त्येष्टी गरिने स्थानीय तोया गौतमले जानकारी दिए ।

विक्रम संवत् १९९१ श्रावण महिनामा जन्मिएका स्व. श्रेष्ठका तीनजना छोराहरू मध्ये किरण श्रेष्ठ कान्छा छोरा हुन । त्यस्तै जेठो र माइला छोराहरू पूर्व प्रहरी हुन भने एकजना छोरी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)