Aamsanchar

प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

Author Image
बुधवार, असार २६, २०८१

काठमाडौं – नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति गरेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्।

एमाले र जसपाले साथ छाडेपछि अल्पमतमा परे पनि प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मतका लागि संसद् फेस गर्दै छन्। एमालेले त्यसदिन सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ।

सरकारलाई समर्थन गरेको कुनै दल विभाजन भएमा वा समर्थन फर्ता लिएमा ३० दिनभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ। कांग्रेस एमालेले अल्पमतमा परेकाले राजीनामा दिन आग्रह गरे पनि संवैधानिक सुविधा उपयोग गर्दै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर