Aamsanchar

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा

Author Image
बिहिवार, असार २७, २०८१

काठमाडौं – १५ पटकको च्याम्पियन उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले हराएको हो। पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्‍याउन पर्याप्त बन्यो।

 

पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो।

त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन।

 

कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ। कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ।​

कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ। साविक विजेता अर्जेन्टिना क्यानाडालाई २(० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर