![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/InShot_20240711_150746683.jpg)
फिदिम- फिदिम नगरपालिकाका पूर्व मेयर ओनाहाङ नेम्वाङको निधन भएको छ । ८१ वर्षीय मेयरको विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार बिहान ९ बजे निधन भएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित हुनुभएको थियो । रक्तचाप र मधुमेहसम्बन्धी समस्याका कारण केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि नेम्वाङलाई उपचारका क्रममा विराटनगर लगिएको थियो । स्वास्थ्यकर्मीका अनुसार उहाँको मिर्गौलामा समेत समस्या आएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
फिदिम २०७१ सालमा नगरपालिका घोषणा भएको हो । नगरपालिका घोषणा भएपछि पहिलो पटक २०७४ सालमा निर्वाचित नेम्वाङ फिदिमको पहिलो मेयर हुनुहुन्थ्यो । नेम्वाङको पार्थिव शरीरलाई आज फिदिम ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 54