

काठमाडौं – अर्जेन्टिनाका फुटबलर डि मारियाले कोपा अमेरिका फुटबलको फाइनल खेलपछि सन्यास लिने भएका छन्। उनले सोमबार बिहान अमेरिकाको फ्लोरिडामा हुने उपाधि खेलपछि राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका हुन्।

उनले साविक विजेता अर्जेन्टिनालाई कोपाका उपाधि दिलाएपछि आफू बिदा हुने बताएका हुन्। मारियाले सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
Views: 46

