Aamsanchar

‘नेपालमा पहिलो पटक फिक्कल अस्पतालमा उच्च आधुनिक ल्याब मेसिन’ 

Author Image
शुक्रवार, असार २८, २०८१

फिक्कल । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल  अस्पतालमा आधुनिक ल्याब मेसिन स्थापना गरिएको छ ।  पूर्ण स्वचालित बायोकेमिस्ट्री एनालाइजर मेसिन–टोक्यो BOEKI BIOUS 30i  ल्याब सञ्चालनमा ल्याइएको हो ।

आज (शुक्रबार) उक्त अस्पतालको नयाँ ल्याब मेसिन सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले उद्‌घाटन गरे ।

स्वास्थ्य परीक्षणको लागि आधुनिक ल्याब नहुदाँ सूर्योदयका नागरिकहरू खर्चिलो यात्रा गरेर झापाका विभिन्न अस्पताल तथा ल्याब केन्द्रहरूमा धाउने गरेका थिए । फिक्कलमै आधुनिक ल्याब सेवा सुरु भएपछि नगरवासीहरू खुसी भएका छन्  ।

४५ लाख भन्दा बढी लागतको उक्त उपकरण सूर्योदय नगरपालिकाले फिक्कल अस्पताललाई हस्तातरण भएको हो ।

जापानिज प्रविधिको उक्त उपकरणबाट तयार हुने रिर्पोट अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुने  बताइएको छ ।

पहिलो पटक १५ मिनेटमा र दोस्रो पटक १५ सेकेन्डमा प्रति रिपोर्ट दिन सक्ने मेसिन नेपालमा पहिलो पटक फिक्कल अस्पतालमा जडान गरिएको नगर प्रमुख राईले दावी गरेका छन् ।
नयाँ मेसिनबाट एक दिनमा १ हजार ५०० टेष्ट गर्न सकिने अस्पताल श्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)