Aamsanchar

प्रवासी नेपाली मञ्च साउदीको अध्यक्षमा पुनः अमर

Author Image
आइतवार, असार ३०, २०८१

साउदी – नेकपा एमालेको भ्रातृ संगठन प्रवासी नेपाली मञ्च साउदीको अध्यक्षमा पुनः अमर श्रेष्ठ चयन भएका छन्। उपाध्यक्षमा किशोर राई सचिवमा राजु खनाल उपसचिवमा वसन्त राई चयन भएका छन्।

 

सदस्यहरू खेम बहादुर गुरुङ, विज्ञान राई लाल बहादुर मोक्तान, बोम बहादुर पुन, खडग श्रेष्ठ, हरि भक्त भुसाल, कैशिल्या गिरि, पुनम नेपाली, होम बहादुर तामाङ ,नागेश तामाङ, विक्रम बिक, रोम लामा ,खेम बहादुर पुन ,भिम योङ्हाङ, डेकेन्द्र खत्री कुमार श्रेष्ठ बम बहादुर राई रहेका छन्। अध्यक्ष पदका लागि कार्यसमितिका उपाध्यक्ष कृष्ण कार्कीसँग श्रेष्ठले चुनावी प्रक्रिया द्वारा १९(७ मत ल्याई विजय भएका थिए।

नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले पद तथा गोपनीयताको शपथ गराएका थिए।

 

विभाग प्रमुख काशिनाथ अधिकारीले अधिवेशनलाई सफल बनाउन उपस्थित सबैलाई धन्यवाद दिँदै नेपालको समसामयिक राजनीतिको अवस्था र नेकपा एमालेले खेलेको भूमिकाप्रति जानकारी दिँदै अव बन्ने कांग्रेस र एमालेको संयुक्त सरकारले सुखी नेपाली समृद्ध नेपाल नारालाई मध्यनजर गदै देश निर्माण गर्नुपर्ने कामहरु धेरै बाँकी रहेकोले अव अगाडि बढाई सम्पन्न गर्नु पर्ने बताए।

साथै वैदेशिक रोजगारको क्रममा अलपत्र परेका नेपालीहरूलाई उद्धारको लागि संगठन सदैव तयार रहेको तथा रोजगारीको क्रममा मृत्यु हुने नेपालीको शव स्वदेश फिर्तामा समस्या देखा परेमा प्रकियाद्वारा संगठनले सबै सहयोग गर्ने बताए। साथै संगठन विस्तारमा पार्टी सदैव आवश्यक सहयोग र सिपमुलक ढंगले तयार रहेको बताए।

अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापाले अधिवेशनको सफलताको शुभकामना तथा नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीलाई शुभकामना दिँदै साउदी लगायत अन्य मुलुकमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि नेपाल सरकारले सिपमुलक कार्यक्रम ल्याउनुपर्ने र पीडित कामदार उद्धार कोषबाट पीडित बनेका नेपालीलाई चाँडो स्वदेश फिर्ताका लागि सम्बन्धित निकायलाई पहल गरिनुको साथै संगठन विस्तारमा पार्टीको थप सहयोग र तीव्रता हुनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर