नारायणगढ- चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।
भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको पहिचान भएको हो।
उनीहरूको साथमा भेटिएको परिचय पत्रका आधारमा उनीहरूको सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।
प्रकाशको गैँडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो।
सजात काठमाडौँ कलङ्कीमा व्यवसायी गरी बस्ने, बा.प्र. ०३–००६ ख १५१६ नम्बरको बस वीरगन्जबाट काठमाडौँ जाने बसमा सवार रहेको बताइएको छ। यस्तै ठाकुर काठमाडौँबाट गौर जाने क्रममा दुर्घटनामा परेका हुन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 14