Aamsanchar

चार महिने कार्यकालमा आशा जगाउने काम गरे : अर्थमन्त्री पुन

Author Image
आइतवार, असार ३०, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकालमा आशा जगाउने किसिमको भएको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गर्दै आशा जगाउने खालका कार्यक्रम ल्याएको बताएका हुन् ।

उने आफ्नो यस कार्यकालमा अर्थतन्त्र सुधारका लागि काम गरेको र बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको बताए ।

उनले भने– ’केही आशा जगाउने गरी बजेट ल्याएको छु । चार महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु । मलाई अर्थ मन्त्रालय परिवार र नेपाल राष्ट्र बैंकका गभर्नरसहित सम्वद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।’

उनले अगाडि भने– ’एक वर्ष बसे पनि, चार महिना बसे पनि अर्थमन्त्रीले गर्ने मुख्य काम बजेट ल्याउनु नै हो । जहिले पनि बजेट विवादमा आउने र कसैले स्वामित्व नलिने अवस्था रहँदै आयो ।

प्रधानमन्त्री कार्यालयमा बन्ने नीति तथा कार्यक्रम एक खालको, अर्थ मन्त्रालयमा बन्ने बजेट अर्को खालको र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्कै खालको हुने गरेको थियो । राज्यका नीतिहरू समन्वयात्मक ढङ्गले आउनुपर्छ भनेर यसपटक बजेट निर्माणमा सुरुदेखि नै बजेट बनाउँदा योजना आयोगका, उपाध्यक्ष, राष्ट्रबैंकका गर्भनर र मुख्यसचिवलाई सुरुदेखि नै सहभागी गराइयो ।’

उनले मलुको आर्थिक शिथिलताबाट माथि उठ्दै गर्दा तयार पारिएको बजेटले आशा जगाएको बताए । आफ्नो कार्यकाल सकेर जादा जाँदै अर्थमन्त्री पुनले कर्मचारीतन्त्रको मनोबल खस्किएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर