काठमाडौं – लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा डकैती गर्दै आएका एक डाँकालाई प्रहरीले गोली हानेर समातेको छ। सर्लाहीको लालबन्दी नगरपालिका-का ४० वर्षीय विजेन्द्र पासवन पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा आइतबार राति सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र मोहत्तरीको सिमाना शीतलपुरबाट उनलाई समातेको हो।
उनलाई घुँडामुनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलालप्रसाद जयसवारले जानकारी दिए। पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि गोली हानेको डीएसपी जयसवारको भनाइ छ।
आरोपी पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 32