Aamsanchar

सुनकाे भाउले बनायाे नयाँ रेकर्ड

Author Image
सोमवार, असार ३१, २०८१

काठमाण्डौ – सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार पनि तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड राखेको सुनको भाउ हिजो यथावत रहेर आज फेरी बढेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर