Aamsanchar

राष्कोटमा ट्याक्टर दुर्घटना

Author Image
सोमवार, असार ३१, २०८१

कालीकोट – राष्कोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। राष्कोट नगरपालिका-५ अन्तर्गत आर।सि.पि.बजारको सडकमा ट्याक्टर दुर्घटना हँदा चालकको मृत्यु भएको हो।

 

चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजादै गर्दा चालकको मृत्यु भएको नगर प्रहरी कार्यालय प्रमुख धन बहादुर शाहीले बताए। उनले भने, ‘उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा चालकको बाटैमा मृत्युभएको छ। ट्याक्टरमा सवार अन्य दुई जना पनि गम्भिर घाइते छन्।’

घाइते हुनेमा रास्कोट नगरपालिका-२ का नम सार्कीको शरिरको भित्रि भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर