Aamsanchar

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्री लेखककाे पहिलो निर्णय

Author Image
सोमवार, असार ३१, २०८१

काठमाडौँ – नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।

मन्त्री भएलगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरे।

कार्यदलमा ३ सुरक्षा निकायका प्रतिनिधि र भौतिक मन्त्रालयका प्रतिनिधि रहने छन्। कार्यदललाई १० दिन समय दिइएको गृह मन्त्रालयले जनाएको छ।

गत शुक्रबार चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोसँगै दुई वटा बस खसेर त्रिशुलीमा बेपत्ता भएको छ।

अहिलेसम्म बसका १३ यात्रु फेला पारिए पनि अझै ४९ जना यात्रु र बसको अवस्था अज्ञात छ।

पदभार ग्रहण गर्दै मन्त्री लेखकले तत्काल गर्नुपर्ने काम भनेको प्राकृतिक प्रकोपका कारण जनधनको क्षति न्यूनीकरण र आवश्यक सम्बोधन रहेको बताए।

विधिको शासन स्थापना गर्ने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने उनले प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर