Aamsanchar

चार लाख १२ हजार नगद घुससहित कृषि प्राविधिक पक्राउ

Author Image
मङ्गलवार, साउन १, २०८१

काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई चार लाख १२ हजार नगद घुससहित पक्राउ परेका छन्।

अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार धनगढीको बोराडाडीबाट पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर