Aamsanchar

सुनको भाउ अहिलेसम्मकै उच्च

Author Image
मङ्गलवार, साउन १, २०८१

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ८५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर